STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले “तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानूनको समेत उपहास भएको महासङ्घको ठहर छ । महासङ्घले घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदो¥याउनेतर्फ ध्यान दिन महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै जेठ २१ गते राति पत्रकार महासङ्घ धनकुटा शाखाका सदस्य दिलबहादुर आशिष राईलाई अज्ञात समूहले कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा उहाँको टाउकोमा गम्भीर चोट लागी धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । महासङ्घले उक्त घटनामा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राष्ट्रिय