नवनियुक्त आईजीपी कुँवरले भेटे प्रधानमन्त्री प्रचण्डलाई
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ११, शनिबार
काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका छन् । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै सिंहले लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका हुन् ।
कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो ।
वर्तमान आईजिपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
सरकारले कुँवरलाई आईजिपी बनाउने निर्णय गरेलगत्तै सिंह, कुँवरलाई आफ्नो गाडीमा राखेर सिंहदरबार आईपुगेका थिए ।
Categorized in राजनीति

