STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नायिका रोजिना सुवाल शनिबार नेवाः एफएमको ‘ई...द टाईम’मा उपस्थित हुने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १८, सोमबार

नेपालभाषा चलचित्र एवं म्यूजिक भिडियो क्षेत्रकी एक चर्चित नायिका रोजिना सुवाल आउँदो श्रावण २३ गते शनिबार कीर्तिपुरस्थित नेवाः एफएम १०६.६ मेगाहर्जको ‘ई...द टाईम’ कार्यक्रममा सहभागी हुने भएकी छिन् ।

शनिबार बिहान ७ः४० देखि ८ः४० सम्म उक्त नेवाः एफएम १०६.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण हुने सांगितिक कार्यक्रम ‘ई...द टाईम’का संचालक संचारकर्मी ललेन्द्र शाक्य हुन् ।

कलाकारहरुको मनका कुरा एवं सहभागी कलाकारहरुकै सम्बन्धित गीत संगीत प्रस्तुत गरिने उक्त ‘ई...द टाईम’मा चर्चित नायिका रोजिना सुवालले आफ्ना अतितदेखि वर्तमान र भविष्यका तीतामिठा संगालोहरु दर्शकमाँझ पस्किने छिन् ।

भक्तपुर निवासी नायिका सुवालले सर्वप्रथम नेपालभाषाको चर्चित गीत ‘जिगु वैशं धाल जि ला ल्यासे जुयावल रे...’ बोलको गीतको म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् । यही गीतबाट नायिका रोजिना सुवाललाई चर्चितताको शिखरमा होस्तेमा हैंस्से गरी धकेली दियो ।

रोजिना सुवालले थुप्रै चर्चित म्यूजिक भिडियोहरुमा अभिनय गरि आफ्नो निख्खर प्रतिभालाई प्रस्फुटन गरिसकेकी छिन् भने विभिन्न चलचित्र एवं सर्ट मूमिहरुमा आफ्नो कलालाई विभिन्न भूमिकामा उजागर गरिसकेकी छिन् ।

Categorized in साहित्य-कला