STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ५, मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउवाले डा‌. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा बनाउने तयारी गरेका छन् ।

मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा परराष्ट्र मन्त्रालय कांग्रेसलाई दिने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । खड्कालाई बुधबार मन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी प्रधानमन्त्री देउवाको छ । 

गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय कांग्रेसलाई नै दिन प्रस्ताव गरेको र त्यसमा गठबन्धनका शीर्ष नेताहरूले सहमति जनाएका हुन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने निर्णय मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । 

कांग्रेसका विदेश विभाग प्रमुखसमेत रहेका डा. खड्कालाई बुधबार बिहान नियुक्त गरिने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ । यस्तै अन्य मन्त्रीहरूको नाममा समेत बैठकमा छलफल भएको बताइएको छ । 

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित थिए। यस्तै  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको पनि बैठकमा सहभागिता थियो ।

Categorized in राजनीति