STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निजी प्रयाेगशालाकाे कोरोना परीक्षणले बिमा दाबी नपाउने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडाैं – निजी प्रयाेगशालाबाट कोभिड–१९ परीक्षण गर्नेले पीसीआर रिपोर्ट पोजेटिभ आए पनि कोरोना बिमा दाबी भुक्तानी नपाउने भएका छन् । बिमा समितिले कारोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो । सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएपछि समितिले यस्ताे निर्णय गरेकाे हो । यसको अर्थ बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बिमा कम्पनीबाट दाबी भुक्तानी भने पाउने समितिले जनाएकाे छ ।
Categorized in बिजनेस