STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नुवाकोटको बट्टारमा शिवालय सिनेप्लेक्स उद्घाटन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १२, सोमबार

नुवाकोट जिल्ला को बट्टारका चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ।

विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको अभियान अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

२४० सीट क्षमताको शिवालय सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर–१२, चारघरे) र पासाङ लामा गोपाल (विदुर–४, बट्टार) को संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो।

कार्यक्रममा विशेष अतिथिको रूपमा  विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्च स्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिटहरू तथा अनलाइन बुकिङ सुविधा उपलब्ध छन्। प्रत्येक शनिबार चार शो र अन्य दिनहरूमा तीन शो प्रदर्शन गरिने जानकारी सञ्चालकहरूले दिएका छन्।

शिवालय सिनेप्लेक्सले नेपाली चलचित्रको प्रवर्द्धनलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Categorized in सिनेमा