STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपाको स्थायी समिति बैठक साउन ४ सम्मका लागि स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २, शुक्रबार

काठमाडौ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते सम्मका लागि स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले प्रतिष्ठाको लडाई शुरु भएको छ । दुवै पदबाट राजिनामा नदिने अडानमा रहेका ओली समुह नगलेपछि बिवादले उग्र रुप लिदै आएको छ । आन्तरिक बिवादमा भुमरीमा परेर संकटतर्फ उन्मुख हुँदै गएकाे छ भने यसै कारण स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । बिहीबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो।
Categorized in राजनीति