नेपालमा पहिलोपटक कोरोनाबाट मृत्यु, पशुपतिमा दाहसंस्कार
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार
अस्पताल र नगरपालिका सिल
कोरोनाबाट मृत्यु भएपछि धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ती ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।पशुपतिमा दाहसंस्कार
कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो । ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो । धुलिखेलबाट एक प्रहरी टोली, नेपाली सेनाका दुईजना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।
Categorized in राष्ट्रिय


