STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २२, शनिबार

काठमाडौं – विदेशबाट फर्किएका बाहेकका स्थानीयमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । कैलालीमा यसअघि देखिएका चौथो संक्रमित व्यक्तिका आफन्तमा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीका ३४ वर्षीय ती महिला यसअघि संक्रमित व्यक्तिका आफन्त हुन् । स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पृष्ठबाट नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । तीनजनामध्ये एकजना भारतबाट फर्किएका दुईजना नेपाली तथा एकजना स्थानीय व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । यसरी छरछिमेकमा संक्रमण सर्नुलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिने र विश्व स्वास्थ्य संगठनका प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेका छन् ।
Categorized in राष्ट्रिय