STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः एच डि टिभी मा नेवाः संगीत दबू २५ भाग पुरा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष २८, मंगलबार

नेवाः एच.डी. टेलिभिजनमा प्रसारण भईरहेको नेपालभाषा संगीत क्षेत्रलाई समेटेर बनाएको कार्यक्रम नेवाः संगीत दबू   २५ भाग पुरा भएको अवसरमा  मंगलबार एउटा कार्यक्रम अायोजना गरिएको छ ।  ख्यालिजुजु   अर्थात् हास्यसम्राटका रुपमा ख्याति कमाएका  मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथी का रुपमा उपस्थित भएको सो कार्यक्रममा प्रमुख अतिथी लगायत विशेष अतिथीहरुबाट २५ वटा दियो मा दिप प्रज्वलन गरेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

नेवाः टिभि एचडिका  नविन जोशीका सभापतित्वमा सम्पन्न नेवा संगीत दबु २५ भाग पुरा भएको अवसरमा आयोजित कार्यक्रममा नेवा संगीत दबुका  निर्माता र प्रस्तोता  गंगा महर्जनले स्वागत मन्तव्य राख्दै सो टिभि कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने वरिष्ठ संगीतकर्मिहरु जुगल डंगोल, राजु सिंह , मनराजा नकःमि र धनबहादुर गोपाली, लोककवि राजभाइ जकःमि लगायतका वक्ताहरुले नेवाः संगीत दबू  टिभि कार्यक्रमबारे आआफ्नो मन्तव्य राखेका थिए । 

 सो समारोहमा  नेवाः संगीत दबू   २५ भाग सम्म पुऱ्याउन सहयोग गर्ने सहयोगिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने सो समारोहमा प्रसिद्ध गीतकार एवं समाजसेवी बालकृष्ण सजिव , नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्य, सोही दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल श्रेष्ठ , उपाध्यक्ष रचना श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ , दबूया काठमाडौं जिल्ला अध्यक्ष अर्बिनमान सिं लगायत संगीतप्रेमीहरुको  उपस्थिति रहेको थियो ।

Categorized in साहित्य-कला