नेवाः देय् दबू काठमाडौं महानगर समितिको अध्यक्षमा अर्विन्द्रमान सिं
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष २१, आइतबार
नेवाः देय् दबूको केन्द्रिय महाधिवेशन नजिकिंदै गर्दा काठमाडौं महानगर समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। छत्रपति पार्टी प्यालेसमा सम्पन्न सो अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
बिहान सांस्कृतिक बाजासहित क्षेत्रपाटी पार्टी प्यालेसबाट सुरु भएको र्याली दुर्गालाल चोक, थँहिटी, कुसुमाबियालाची, असन, जनबहाल, नयाँसडक, बसन्तपुर, प्याफल, नरदेवी हुँदै पार्टी प्यालेसमा पुगेर समापन भएको थियो।
कार्यक्रमको उद्घाटन नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले पानसमा दीप प्रज्वलन गरेर गर्नुभयो। उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, देय् दबूका संरक्षक नरेशकुमार ताम्राकार, केन्द्रीय उपाध्यक्ष रश्मिला प्रजापति, महासचिव सत्यनारायण डंगोल, उपत्यका विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन र जिल्ला अध्यक्ष धनबहादुर ‘तिमिला’ले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
सांस्कृतिक कार्यक्रम
सो कार्यक्रममा वज्रयोगिनी चर्या नाच प्रस्तुत गर्दै रञ्जु श्रेष्ठले मनोरञ्जन प्रदान गरिन्। अन्नपूर्णेश्वरी श्रेष्ठले लोक नृत्य र रबिन्सन कंसाकार तथा लजना मानन्धरले गीत प्रस्तुत गरे। विजय महर्जनद्वारा लिखित नाटक ‘मां’मा भीमसेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठले अभिनय गरे।
कार्यसमिति चयन
बन्दसत्रमा सचिव अर्विन्द्रमान सिंहले तीन वर्षे प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशन महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। निर्वाचन समितिले अर्विन्द्रमान सिंहको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमिति
वरिष्ठ उपाध्यक्षमा उदेन न्हूसाय्मि, उपाध्यक्षमा शैलेश डंगोल, महिला अध्यक्षमा सुलोचना मानन्धर श्रेष्ठ, सचिवमा मञ्जिल महर्जन, महिला सचिवमा निरु महर्जन ‘भिन्तुना’, र कोषाध्यक्षमा रोशन महर्जन चयन भएका छन्।
क्षेत्रगत सदस्यहरू:
पश्चिम भेग: मनराजा रञ्जित, रवीन्द्र मानन्धर, लक्ष्मी श्रेष्ठ राणा
तल्लो भेग: राजन महर्जन, लक्ष्मी कमल ताम्राकार, विकास महर्जन
उत्तर भेग: प्रकाश बलामी, हीरालक्ष्मी श्रेष्ठ
माथिल्लो भेग: राधिका तण्डुकार, संगीता अमात्य, सजिबरत्न बज्राचार्य
पूर्व भेग: ललिता प्रधान, जगदीशमान श्रेष्ठ, चन्द्रकिरण राजभण्डारी
मध्य भेग: खगेन्द्रबहादुर जोशी, नरेश खड्गी, रमेश खड्गी
खलःपुचः: प्रशन्द खड्गी
अधिवेशनमा प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, कलाकार, र दातालाई कदरपत्र प्रदान गरिएको थियो।
नव नियुक्त कार्यसमिति
नेवारहरूको राष्ट्रिय संगठन नेवा देय् दबूको काठमाडौं महानगर समितिको अध्यक्षमा अर्बिन्द्रमान सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको दोश्रो अधिवेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उदेन न्हुसाय्मी, उपाध्यक्ष द्वयमा सुलोचना मानन्धर तथा शैलेस डंगोल, सचिवमा मन्जिल महर्जन तथा निरु महर्जन र कोषाध्यक्षमा रोशन महर्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
Categorized in राष्ट्रिय

