न्यूरोडमा बुधबार पनि पसल खोल्न दिएनन्, ठाेस निर्णय नभए आन्दाेलन गर्ने व्यवसायीकाे चेतावनी
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
काठमाडौं - न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ ।
व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए ।
तीन दिनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका पसलहरु मंगलबार प्रहरीले एक्कासी बन्द गराएको थियो ।
बुधबार लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै छ ।
Categorized in उपत्यका