STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्यूरोड गेटैमा... एसराज आराध्यलक्ष्मीको जोडी

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २८, मंगलबार

अहिले प्रतिदिन युट्युब मार्फत नयाँ नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम बढिरहेको छ ।   कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको   यो समय त झन दिनहुँ जसो नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहेका छन् ।

यसै क्रममा हाइलाइट्स नेपाल युट्युब मा गायक नवीन महर्जन ‘मुगलछेँ’ को गीत ‘न्यूरोड गेटैमा’ को म्यूजिक भिडियो सोमबार  सार्वजनिक गरिएको छ ।

विहानको करीब ११ः३० बजे हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत गीतको प्रिमियर गरिएको हो भने बेलुकको ९:३० बजेसम्म मा गीतले छ हजार एकसयभन्दा बढी भ्यूज पाइसकेको छ ।

यस म्यूजिक भिडियोका निर्देशक लुजः सिंह हुन् उनले गीतमा कुनै कथावस्तु नबनाई जुनै उमेर समूहका दर्शकले पनि गीतको मनोरन्जन लिन सकिने हिसाबमा प्रस्तुत गरेको  बताए ।

‘गीतकै शब्दलाई पछ्याउँदै भद्रकाली, न्यूरोड वरपरकै राम्रा दृश्यलाई क्यामेरामा कैद गर्न खोजेको छु, गीत हेर्दा दर्शकले मज्जा लिन सकोस्, यति नै सोचेर भिडियो बनाएको छु’ भिडियोको छायाङ्कारसमेत रहेका निर्देशक सिंहले भने ।

रचना सहदेव ढुङ्गानाको रचना र  शक्ति बल्लभको    संगीत रहेको यो गीतको म्यूजिक भिडियाेमा अहिले नेपालभाषाको गीत संगीत क्षेत्रकी व्यस्त र लोकप्रिय माेडल आराध्यालक्ष्मी खड्गीको साथमा चर्चित मोडल एसराज गरचको जोडीले अभिनय र डान्स गरेका छन् । रंग संयोजनको साथमा दृश्य सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

Categorized in साहित्य-कला