STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पवन जोशीको निर्देशनमा वडा अध्यक्षको म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ३, आइतबार

काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नु भएको किन दुख्न थाल्यो मन गीतको म्युजिक भिडियो एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिवार वडा नंबर १८ को कार्यालयमा आयोजित कार्यक्रममा स्वीचअन गरेपछि वडा सरकार प्रमुख महर्जनको गीतको भिडियो सार्वजनिक भएको हो।

हाल म्युजिक भिडियो क्षेत्रमा व्यस्त बनिरहनु भएका अग्रज अभिनेता तथा  निर्देशक पवन जोशीको निर्देशनमा निर्मित वडा अध्यक्ष महर्जनको गीतको बोल नै किन दुख्न थाल्यो छाति रहेको छ भने सो गीतको भिडियो सार्वजनिक समारोहमा मेयर शाक्यले आफूपनि कला र कलाकारिताप्रति सजग रहेको र कलाकारिताको उत्थानको लागि तीसको दशकमा नै केही काम गरेको बताउनु भयाे ।

कार्यक्रममा बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवले  मेयर शाक्य र वडा अध्यक्ष महर्जन जनसेवी भएको उल्लेख गर्दै दुवैको प्रशंशा गर्नु भयाे ।

 वडा अध्यक्ष महर्जन रचित  सो गीतका भिडियोका निर्देशक पवन जोशीले गीतको निर्माणको अनुभव र अनुभूति सुनाएका थिए। गीतको भिडियोमा राजेन्द्र कुमार महर्जन (राजी किपु), रविना शाक्य र राजेन्द्र शाक्य साथमा गीतकार न्हुच्छेकाजी महर्जनको अभिनय रहेको छ। अनिल तुलाधरको संगीत रहेको यस गीतको भिडियोमा गायन गायक राजेन्द्र शाक्यको रहेको छ। सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको छ।

Categorized in साहित्य-कला