STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाटनमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन १४, मंगलबार

बुद्ध जयन्ती हिरक समारोह मुल समिति-२५७० को तत्वावधानमा ललितपुर जिल्लाको पाटन नागबहालमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने भएको छ । यस्तो खालको दुर्लभ महान् कथिन चीवरदान नेपाल मै दोश्रो पटक हुन लागेको हो । 

यो उत्सवमा एकै दिन कपास काट्ने देखि लिएर कपडा बुनेर  चीवर  तयार गरी अष्ट परिकारकासाथ भिक्षुगनलाई दान प्रदान गरिने जानकारी आइतबार पत्रकार सम्मेलनमा दिएको छ ।

त्रिपिटक विशारद श्रद्धेय भिक्षु पञासार महास्थविर श्री अष्ट सद्धर्मायतन विहारमा तीन महिना विनयपूर्वक वर्षावास पुरा गर्नुभएको अवसरमा श्री अष्ट सद्दर्मायतन विहार बुद्ध जयन्ती हिरक समारोह समिति २५७०,हिरण्यवर्ण महाविहार तारेमाम संघको संयुक्त आयोजनामा अति पूजनीय भिक्षु महासंघमा कथिन चीवर दान दिइने यो उत्सव  २०८२ असोज २१ गते मंगलवार अपरान्ह २:०० बजे  श्री अष्ट सद्धमांयतन बिहार, प्रयागपोखरीबाट आरम्भ हुनेछ । 

उत्सवको तालिका अनुसार अघिल्लो राती १२:०० बजे कपास काट्ने कार्य शुरु हुनेछ भने विहान तीन बजे कपडा बुन्ने काम शुरु हुनेछ । त्यसपछि विहान ११बजे  कपडामा रंग लाउने काम हुनेछ ।

यसै क्रममा दिउँसो १२ बजेदेखि इलय् चीवर सिलाई हुनेछ भने १ बजे नागबहालमा  भेला भइ कथिन चीवर पदयात्रा शुभारम्भ गरिने छ । 

कार्यक्रम अनुसार  अपरान्ह २ :३० बजे - शील प्रार्थना र  बुद्धपूजा पछि धर्म देशना अनि ३:३० बजे- कथिन दान दाता र मूल आयोजक समितिको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।  त्यस पश्चात   कथिन चीवर र अष्ट परिष्कार दान गरिनेछ भने धन्यवाद ज्ञापन र पुण्यानुमोदन गरी दुर्लभ कठिन चीवर दान उत्सव सम्पन्न गरिने कुराको जानकारी  पत्रकार सम्मेलनमा दिइएको छ  । पत्रकार सम्मेलनमा श्रद्धेय भिक्षु पञासार महास्थविरका साथै दुर्लभ महान् कथिन चीवरदान उत्सव आयोजनाका प्रेस संयोजक दिपकरत्न शाक्य , बुद्ध जयन्ती हिरक समारोह समितिका महासचिव विकास रत्न धाख्वाः, बोधि रत्न शाक्य लगायतले उत्सवको विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो ।

Categorized in उपत्यका