STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पार्टीले दियाे सांसद गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिने निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडौं - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। बुधबार पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति सार्वजनिक गर्दै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। विज्ञप्तिमा गिरीले उक्त प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। सांसद गिरीले नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। गिरीको उक्त प्रस्तावको चौतफी विरोध भइराखेको बेला पार्टीलेसमेत उनलाई कारबाहीको चेतावनी दिएको हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो। संसदमा सबै एक मत भए पनि गिरीले पार्टी संसदीय दलको अनुमति बिना एकल रुपमा उक्त प्रस्ताव दर्ता गराएकी हुन्।
Categorized in राजनीति