STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरी निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

म्याग्दे गाउँपालिका–१ स्थित पाँचधारेमा पोखरी निर्माण गरिएको छ । प्रादेशिक उद्योग, वन तथा वातावरण मन्त्रालयको सहयोग र स्थानीयवासीको श्रमदानबाट उक्त स्थानमा रहेको पाँच वटा धाराबाट खेर गइरहेको पानीलाई सदुपयोग गरेर पोखरी निर्माण गरिएको हो । उक्त मन्त्रालयले रु। दुई लाख उपलब्ध गराउनाका साथै र रु एक लाख पैंतीस हजार बराबरको स्थानीय जनश्रमदान गरी कुल रु तीन लाख पैंतीस हजारको लागतमा सो पोखरी निर्माण गरिएको थियो । पाँचधारेसँगै शिव मन्दिर रहेका कारण पोखरी निर्माणले उक्त स्थलको सौन्दर्य बढाएको छ । धार्मिक र पर्यटकीय क्षेत्र भएकाले यसको संरक्षण एवम् सम्वद्र्धन गर्न लागिएको उक्त वडाका वडाध्यक्ष शिवशरण वाग्लेले बताउनुभयो । सो पोखरी संरक्षणका लागि तारबार लगाउनाका साथै पोखरीमा माछासमेत राख्ने योजना बनाएका छौँ । उहाँले भन्नुभयो “राम्रो र आकर्षक स्थल बनाउन सकियो भने आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।” पोखरीे निर्माण पश्चात् यस क्षेत्रलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर स्थानीयबासीसमेत सक्रिय भएर लागेको वडाध्यक्ष वाग्लेले जानकारी दिनुभयो । भू–तथा जलाधार संरक्षण कार्यक्रम अन्र्तगत पाँचधारेमा पोखरी निर्माण गरी संरक्षण गरिएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा पोखरी संरक्षण कार्यक्रम अन्र्तगत व्यास नगरपालिकाको १४ नम्वर वडा र म्याग्दे गाउँपालिकाको १ नम्वर वडाको पाँचधारेमा पोखरी निर्माण गरिएको हो । यसबाट वन तथा वातावरणको संरक्षण हुनाका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पोखरी बनेपछि त्यस क्षेत्रका खेतबारीमा सिँचाइ गर्न र गाईवस्तुलाई पानी खुवाउन सहज भएको बताइएको छ ।
Categorized in राष्ट्रिय