STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोल्यान्डद्वारा रसियासँग विश्वकप फुटबलको प्लेअफ खेल्न अस्वीकार

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १४, शनिबार

एजेन्सी - रसिया र युक्रेनबीच भइरहेको युद्धको प्रभाव विश्व खेलकुदमा समेत परेको छ। युरोपेली मुलुकहरुले रसियासँग हुने निर्धारित खेलहरु धमाधम रद्द गर्न थालेका छन्।

यसैबीच पोल्यान्डले रसियासँग हुने भनिएको विश्वकप फुटबलको प्लेअफ खेल्न अस्वीकार गरेको छ। विश्वकप २०२२ का लागि रसियासँग हुने प्लेअफ खेल पोल्यान्डले अस्वीकार गरेको हो।

फिफाका अनुसार यी दुई देशबीच मार्च २४ मा मस्कोमा खेल हुने कार्यक्रम थियो। युरो स्पोर्ट्स डटकमका अनुसार पोलिश फुटबल फेडरेशनका अध्यक्षले यो बोल्ने समय नभएको बताएका छन्। उनले यो बोल्ने समय होइन, काम गर्ने समय भएको बताएका छन्।

पोल्यान्डसँगै स्वीडेन र चेक रिपब्लिकले पनि रसियासँग हुने फुटबल खेल अस्वीकार गरेको छ। पोल्यान्डले चेक र स्वीडिस फुटबल फेडरेशनसँग फिफासमक्ष समाधान खोज्न आग्रह गरिरहेको युरो स्पोर्ट्सले जनाएको छ। 

Categorized in खेलकुद