प्युठान दुर्घटना : कारमा सवार ८ जनाको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०८० जेठ २९, सोमबार
काठमाडौं - प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको निजी कार दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको छ ।
उद्धार गरेर जिल्ला अस्पताल प्यूठान पुर्याए पनि चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कारमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

