STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड नेपाल समुहको शक्ति प्रदर्शन शुरु, विरोधसभामा १५ जना वक्ता

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २८, बुधबार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूह आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि विभिन्न ठाउँहरुबाट जुलुसहरु निस्किन थालेका छन् ।

काठमाडौंका विभिन्न ठाउँहरुबाट जुलुस निकाली अन्ततः भृकुटीमण्डपमा जनसभा हुनेछ । यसैक्रममा पूर्वमन्त्री समेत रहेका प्रचण्ड नेपाल समूहका नेताहरु वर्षमान पुन अनन्त र सुरेन्द्र पाण्डेले त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व गरिरहेका छन् ।

यसैगरी प्रचण्ड-माधव समूहको नेकपाले काठमाडौं आयोजना गरेको विरोधसभामा १५ जना नेताले बोल्ने तय भएको छ ।

अध्यक्षद्धय प्रचण्ड र माधव नेपालसहित सचिवालयका चारै जना नेताले बोल्दैछन् । सभामा महिला नेतृत्रय रामकुमारी झाँक्री, अमृता थापामगर र अञ्जना विशंखेले बोल्ने तय भएको छ । त्यसैगरी प्रदेश २ बाट रामचन्द्र झाले बोल्नेछन् । मुस्लिम समुदायका नेता महफुज अन्सारी र थारु समुदायका नेता सन्तकुमार चौधरीले बोल्नेछन् ।

त्यसैगरी स्थायी कमिटी सदस्य भीम रावल, देव गुरुङ र जनादर्न शर्मा र रघुजी पन्तले पनि बोल्ने तय भएको छ । आजको विरोध कार्यक्रम लीलामणि पोखरेलले सञ्चालन गर्नेछन् ।

नेकपाका अन्य चर्चित नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूले भने आजको विरोधसभामा बोल्ने कार्यक्रम छैन ।

Categorized in राजनीति