STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २६, आइतबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

उनले सोमबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मत दिन पनि आग्रह गरेका छन् ।

Categorized in राजनीति