STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २१, शुक्रबार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा  प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Categorized in राजनीति