STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौं - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन चार महिनाअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको इजलासले बस्नेतलाई अध्यक्षबाट नहटाउन गत १९ फागुनमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । बस्नेतलाई हटाउने उद्देश्यले सरकारले सोधेको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन पनि सर्वोच्चले आदेश दिएको छ ।

यसअघि १९ फागुनमा न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आफूलाई हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाई बस्नेत सर्वोच्च पुगेका थिए ।

Categorized in राष्ट्रिय