STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले छाेडिन् देश

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २१, सोमबार

काठमाडौँ - देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।

उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।  बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । 

आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय