STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बर्दियामा एक साता लकडाउन

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १३, सोमबार

बर्दियामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार लकडाउन गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्र, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा लागू हुनेछ ।

लकडाउन अवधिभर स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

Categorized in राष्ट्रिय