STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा९६प ७१७३ नंको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । आज उक्त मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक काठमाडौँ तारकेश्वर नगरपालिकाको मनमैंजु बस्ने धादिङका २१ वर्षीय भुवन आलेको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आलेको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौँ मनमैंजु बस्ने २० वर्षीय मिलन मगरको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना