बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ७, सोमबार
काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो।
प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसपछि मेयर बालेनले सिंहदरबार र नेताका घरको फोहोर नउठाउने चेतावनी दिएका थिए। गाडी चालक रिहा भएपछि बालेनले पुनः सामाजिक सञ्जालमा लेखेका छन्, ‘जो कोहीले यत्ति बुझ्नुहोला। पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन।’
उनले चेतावनी दिँदै भनेका छन्, ‘आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।’
Categorized in राजनीति

