STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिहिबार किपू बस सेवाको मेट्रो कार्ड उद्घाटन हुने

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ माघ २८, बुधबार

किपू बस सेवा प्रा.लि.ले भोलि माघ २९ गते बिहिबार मेट्रो कार्ड प्रणालीको उद्घाटन गरिने भएको छ ।

किपू बस सेवा प्रा.लि.का अध्यक्ष अर्जुन सिंहले भोलि बिहिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका ९ वडा पांगा जाने दोबाटो नयाँबजारस्थित कृष्ण क्याटरिंगमा हुने जानकारी दिनुभएको छ ।

कीर्तिपुरका जनसमुदायबाट संचालित किपू बस सेवा प्रा.लि.ले नेपाल सरकारको नीति नियम बमोजिम सार्वजनिक यातायातहरुमा पूर्ण रुपमा नगद रहित मेशीन प्रयोग गरी यात्रुहरुलाई सुविधा दिने निर्णय गरेको छ ।

उक्त निर्णय बमोजिम किपू बस सेवा प्रा.लि. कीर्तिपुर नगरपालिकाको संरक्षकत्वमा वी पे प्रा.लि.संगको सहकार्यमा र एन क्लाउड प्रा.लि.को प्रविधिमा किपू बस सेवा प्रा.लि.बाट संचालित बसहरुमा मेट्रो कार्ड प्रणालीको उद्घाटन भोलि बिहिबार हुन लागेको हो ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा एवं मेयर महर्जनकै बाहुल्यबाट उक्त मेट्रो कार्ड प्रणाली
उद्घाटन हुने प्रा.लि.का अध्यक्ष अर्जुन सिंहले दिनुभएको छ भने सम्पूर्ण जनसमुदायहरुलाई उक्त उद्घाटन कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्नुभएको छ ।

Categorized in उपत्यका