STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भन्सार छली ल्याएका तीन लाख बराबरको सामान बरामद

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २४, बुधबार

मोरङ – झापा र मोरङ जिल्लाको सिमानाका एरियाबाट अवैध रुपमा भन्सार छली ल्याएका करिव तीन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतीय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर(७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज मध्यान्ह साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर(१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो ।

भारतीय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डारण गरेर राखिएको भन्ने विशेष सुचना पाइएपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।

Categorized in बिजनेस