STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भीओआइपीमा कारबाहीमा परेका मनिन्द्रको डिजाइनमा खनाल दुरसञ्चार प्राधिकरण को अध्यक्ष १

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

काठमाडौं, १० साउन  अवैध कल चोरी भीओआइपी मा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको डिजाइनमा पुरुषोत्तम खनाललाई दुरसञ्चार प्राधिकरण को अध्यक्ष बनाइएको छ । पुरुषोत्तम खनाल नेपाली कांग्रेसबाट संचारमन्त्री भएका मोहनबहादुर बस्नेतका आफ्नै खास मान्छे हुन् । बस्नेत सञ्चारमन्त्री हुँदा प्राविधिक मान्छे नभए पनि खनाल सल्लाहकारमा नियुक्त भएका थिए । मनिन्द्र तिनै व्यक्ति हुन्, जसलाई भिओआइपी धन्दा चलाएको आरोपमा प्रहरीले पविन्द्रराज मल्लसँगै सन् २०१० मा काठमाडौंको कपुरधारा, लाजिम्पाटबाट पक्राउ गरेको थियो । प्रहरीले २०६६ माघमा दूञ्सञ्चार ऐन उल्लंघन गरेको अभियोगसहित उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले आरोपितहरूमध्ये मनिन्द्रराजलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने अरू दुईजनालाई हाजिर जमानीमा छोडेको थियो । खनालले दिएका थिए नियमविपरित ठेक्का प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस को नियम विपरीत ठेक्का पाएका नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरको न्यूमेरा जेभी ज्वाइन्ट भेन्चर का मनिन्द्र मल्लले नै खनाललाई अध्यक्ष बनाउन चलखेल गर्दै आएका छन् । न्यू मेराभन्दा कम दरको बोलपत्र मोबिलियन ट्रेड इन्टरनेसनल नेपाल जेभी इन्फ्रा डाटा एनभी बेल्जियमले पेश गरेको थियो । तर भीओआइपीमा प्रहरी कारबाहीमा परेका मनिन्द्र मल्लको न्यू मेरालाई नै ठेक्का दिइएको छ । प्रस्ताव खुलेपछि घटाउन दिइयो प्राधिकरणका अध्यक्ष खनालले ५ करोड बढी दरमा प्रस्ताव पेश गर्ने न्यूमेरालाई आर्थिक प्रस्ताव खोलिसकेपछि घटाउने मौका दिएका थिए । मोविलियनले ७३ करोडमा बोलपत्र पेश गरेको थियो भने न्यूमेराले ७८ करोड रुपैयाँमा एमडिएमएसको लागि टेण्डर प्रस्ताव हालेका थियो । तर प्राधिकरणका तत्कालीन कार्यबाहक अध्यक्ष खनालले आर्थिक प्रस्ताव खोलिसकेपछि न्यूमेरालाई मूल्य घटाउने मौका दिएका थिए । खनाललाई अध्यक्ष बनाउन लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेकाले न्यू मेराका मनिन्द्र मल्ललाई ठेक्का दिइएको बुझिएको छ । आर्थिक प्रस्ताव खोलिसकेपछि निश्चित कम्पनीलाई घटाएर प्रस्ताव पेश गर्न मौका दिनु सार्वजनिक खरिद ऐन नियम बिपरीत छ । एमडिएमएसको ठेक्का पाएको न्यू मेरा मलेसियामा कालोसूचीमा परेको कम्पनी हो । एकातिर कालोसूचीमा परेको र अर्कातिर बढी दरमा टेण्डर हाल्ने कम्पनीलाई ठेक्का दिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । डाटा चोरीको विवादमा मुछिएको कम्पनीलाई एमडिएमएसको ठेक्का दिने प्रक्रिया अघि बढाएको उजुरी प्राप्त भएकाले आयोगले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ । नेपालको कम्पनीका संचालक मल्ल कल बाइपास भीओआइपी मा प्रहरीको कारबाहीमा परेका व्यक्ति हुन् । टेण्डरमा धाँधली गर्ने खनाललाई नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोट आफैले लविङ गरिरहेका छन् । बाँस्कोटा नेतृत्वको संचार मन्त्रालयले सिफारिस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्त गर्नुअघि गम्भीरतापूर्वक सोच्नुपर्ने दूरसंचार क्षेत्रले माग गरेको थियो । खनालले गरेको निर्णय अख्तियारको छानविन घेरामा एकातिर कालोसूचीमा परेको र अर्कोतिर बढी दरमा टेण्डर हाल्ने कम्पनीलाई ठेक्का दिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । नेपालको कम्पनीका संचालक मल्ल कल बाइपास९भीओआइपी०मा प्रहरीको कारबाहीमा परेका ब्यक्ति हुन् । कालोसूचीमा परेको कम्पनीसंग सरोकार राख्नेहरुलाई नै आईसीटी सम्बन्धि कामको जिम्मा दिने हो भने दुरसञ्चार क्षेत्र झनै गलत बाटोमा जाने यस क्षेत्रमा सरोकार राख्नेहरुको चिन्ता छ । विशुद्ध प्रशासन र लेखा शाखामा काम गरेर सत्तामा बस्नेलाई रिझाएकै भरमा सहायक निर्देशक, उप निर्देशक, निर्देशक हुँदै वरिष्ठ निर्देशक र आफू भन्दा सिनियरलाई मन्त्रालय तिर पाखा लगाएर जी हजुरी को भरमा कार्यवाहक अध्यक्ष सम्म बन्न सफल खनाल नै नेतृत्वमा गएपछी प्राधिकरण झनै गलत बाटोमा पुग्ने जानकारहरु बताउँछन् ।
Categorized in राष्ट्रिय