STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३०, आइतबार

काठमाडौँ - सरकारले भोलि मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै सोमबार मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस)का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Categorized in राष्ट्रिय