STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ४, बुधबार

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन्।

कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने एमालेका मदनले ११ हजार ३५ मत पाएका छन्। त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उनले १२ हजार १०२ मत पाएका छन् भने नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत पाएकी छन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत पाएकी छन्।

यो नगरपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

Categorized in उपत्यका