महानगरले राहदानी विभागकाे पार्किङ एरिया खालि गरायाे
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १०, शुक्रबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया पनि खाली गराएको छ । महानगरले शुक्रबार पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो ।
राहदानी विभागले पार्किङ एरियाको लागि भनेर नक्सा अनुमति लिएर राहदानी बनाउन आउनेहरुको लागि बस्न मेच राखिएको थियो । केही दिनयता महानगरले यसरी अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन तीब्रता दिदै आएको छ ।
यस अगाडि महानगरले सुन्धारास्थित काठमाडौं मल, आरबी कम्प्लेक्स, नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचनाहरु आफै हटाएको थियो ।
Categorized in उपत्यका

