STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना सिल

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १८, आइतबार

काठमाडौं – दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे  छ ।  गत शुक्रबार संक्रमण पुष्टि भएका प्रहरीलाई भने अस्पतालमा पठाइएको छ । यसका साथै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।  अहिले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ ।  महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
Categorized in राष्ट्रिय