STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला प्रहरी निरीक्षक पाण्डे पुरस्कृत

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

अपराध नियन्त्रण तथा अनुसन्धान मूल्याङ्कनमा उत्कृष्ट कार्य गर्ने काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत हुनुभएको छ । 
नेपाल प्रहरीको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकेको भन्दै निरीक्षक पाण्डेलाई पुरस्कृत गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो ।
साँखु क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरणमा नियन्त्रण, भरुवा बन्दुक बरामद, गुण्डागर्दी तथा जुवा नियन्त्रण र चोर पक्राउमा महत्वपूर्ण योगदान गरेको तथा कारवाही गर्न सफल भएको भन्दै नगद रु एक हजार २०० सहित पुरस्कृत गरेको लामाले बताउनुभयो ।
 
साथै परिसर मातहतका विभिन्न कार्यालयमा कार्यरत प्रहरी अधिकृत पनि पुरस्कृत भएको प्रहरी परिसरले जानकारी दिएको छ । 
Categorized in राष्ट्रिय