STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मातृभाषामा पनि राष्ट्रियगान हुनुपर्ने माग !

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ५, सोमबार

सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस यही फेब्रुअरी २१ (फागुन ९ गते) काठमाडौंमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस जनस्तरीय अभियानको आयोजनामा सो दिन काठमाडौंको असनमा एक वृहद् कार्यक्रमको आयोजना गरिने भएको छ । मातृभाषा दिवस मनाउने सन्दर्भमा फागुन ४ गते आइतबार जनस्तरीय अभियानले एक अन्तक्र्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपालका सबै मातृभाषामा राष्ट्रियगान गाउन पाउनुपर्ने, खसनेपाली भाषासँगै जनजातिका मातृभाषाबाट पनि पढ्न पाउनुपर्ने, अनिवार्य मातृभाषा शिक्षाको व्यवस्था हुनुपर्नेजस्ता माग अभियानले अघि सारेको छ । असनमा हुने कार्यक्रममा मातृभाषा अधिकारलाई लिएर हस्ताक्षर संकलन, मातृभाषा संरक्षण विषयमा मन्तव्य तथा नेपालभाषा र मातृभाषा शिक्षा आन्दोलनका अगुवाहरुको फोटो प्रदर्शनी हुने कार्यक्रम तय गरिएको छ । मातृभाषा शिक्षा आन्दोलनका अभियन्ता देवदास मानन्धरले दिएको जानकारीअनुसार सोही दिन अनिवार्य मातृभाषा शिक्षाको माग राखी शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ । मानन्धरले सो दिन असनमा मातृभाषा अधिकारलाई लिएर चेतना जगाउन र सरकारको ध्यानाकर्षण गर्न विभिन्न माग र नारासहितका ब्यानर प्रदर्शन गर्ने जानकारी पनि दिएका छन् । उक्त कार्यक्रममा ऐक्यबद्धता जनाउनको लागि विभिन्न संघसंस्थालाई ब्यानर राख्नको लागि पनि आयोजकले अनुरोध गरेको छ । उक्त कार्यक्रमलगायत मातृभाषा दिवसको दिन मातृभाषासम्बन्धी बेग्लाबेग्लै कार्यक्रमहरु हुने भएका छन् ।
Categorized in राष्ट्रिय