STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधव पक्षधर बैठक : आजकाे ओलीको बैठकमा नजाने, अर्कोपटकदेखि जाने

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ५, बिहिबार

काठमाडौँ - नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राखेको सांसदहरूको बैठकमा सहभागी सांसदहरूले मिश्रित भनाइ राखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने र हुन नहुने मिश्रित भनाइ सांसदहरूको थियो।

‘अध्यक्ष ओलीले आज बोलाएको संसदीय दलको बैठकमा नजाने निर्णय भयो,’ एक सांसदले भने, ‘अर्कोपटकदेखि जाने र भाग लिने कुरा भएको छ।’

पार्टी एक नै रहेको र संसदीय दल पनि एकै रहेको भन्दै केही सांसदहरूले संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने र आफ्ना कुरा त्यही बैठकमा राख्नुपर्ने बताएका थिए।

केही सांसदहरूले ओलीले बोलाएको बैठकमा भाग लिनुपर्ने बताएपछि खनाल–नेपालले बैठकमा जाने भए जानुस् भनेको स्रोतको दाबी छ।

ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे खनाल–नेपाल पक्षका सांसदहरू बैठक बसेका थिए। अध्यक्ष ओलीले आज बालुवाटारमा संसदीय दलको बैठक राखेका छन्।

Categorized in राजनीति