STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ३, बिहिबार

‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालीममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १०० जनाको सहभागिता रहेको थियो । तालीमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र काम नलाग्ने वनस्पतिबाट मल उत्पादन गर्न र उत्पादन लागतमा कमी ल्याउन तालीमको आयोजना गरिएको बताउनुभयो । प्रशिक्षक श्रीरेन्द्रप्रसाद पोखरेलले खेर गइरहेको मानवमूत्र प्रयोग गरे तरकारी उत्पादनमा वृद्धि हुने बताउनुभयो । अर्घाखाँचीमा यस्तो खालको तालीम पहिलोपटक प्रदान गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय