STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुख्यमन्त्री डाेरमणि पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १०, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । 

बिहान साढे ११ बजे पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका थिए।

पौडेल केपी ओली समूहमा छन् । पौडेल २०७४ साल माघ २६ गते तत्कालिन एमालेको प्रदेश संसदीय दलमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीका लागि आकांक्षी सिनियर नेता अष्टलक्ष्मी शाक्यलाई १० भोट अन्तरले हराउँदै डोरमणि संसदीय दलको नेता भएका थिए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनामा दिइसकेका छन् ।

Categorized in राजनीति