STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुदिता सेवा गृहका सहयोगी हातहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण २९, आइतबार

सामाजिक सेवा र स्वास्थ्य सेवामा सकृय रहँदै आएको सामाजिक संस्था मुदिता सेवा गृह को नवौं वार्षिकोत्सव इक कार्यक्रमका बीच सम्पन्न भएको छ ।  महिला बाल विकास तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले  प्रमुख अतिथीका रुपमा यो संस्था नौ वर्ष पुगेको प्रतिक स्वरुप नौ वटै सुकुण्दा मा दिप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको समुदघाटन गर्नु भएको थियो । उहाँले यो संस्थाको लागि दस लाख रुपिंया सरकारबाट अनुदान दिने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । समारोहमा मुदिता सेवा गृहलाई विभिन्न रुपमा सहयोग गर्नु हुने सबैलाई प्रमूख अतिथी मन्त्री पाण्डे बाट सम्मानित गरिएको थियो ।

सो समारोहमा विशिष्ट अतिथी महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले मेयर मुदिता सेवा गृहकोलागि  भवन निर्माणका लागि जग्गा खोज गरी  उपलब्ध गराउने प्रतिबद्धता पोख्नु भयो ।

मुदिता सेवा गृहका अध्यक्ष राज्यलक्ष्मी बज्राचार्यले   स्वागत मन्तव्य राख्ने क्रममा उक्त सेवा गृहको विभिन्न कृयाकलापहरु को चर्चा गर्दै हालसम्म पनि भाडाको भवनमा रहँदै आउनु परेको कुरा बताउनु भएको थियो ।

समारोहमा बागमति प्रदेशका सांसद  माधव पौडेल  , महालक्ष्मी नगरपालिका वडा ७ का वडा अध्यक्ष बाबुराजा महर्जन , वडा १ का वडा अध्यक्ष छ्रिरिङ्ग लामा, इमाडोल प्रहरि प्रभाग का निरीक्षक अरुण भट्टराइ, सेवा गृहका सल्लाहकार मोति शान्ति शाक्य , सल्लाहकार शाक्य सुरेन,पूर्व मन्त्री ,बुद्धिराज बज्राचार्य , ललितपुर उद्योग बाणिज्य संघका  पूर्व अध्यक्ष  तथा सल्लाहकार अजरमान जोशी लगायतको विशेष उपस्थिति रहेको थियो । सोही समारोहमा गीतकार आनन्द बज्राचार्य ले रचना गर्नु भएको मुदिता गानलाई कलाकारहरु सुशील शाहिया, सबिना मानन्धर र अगिना तण्डुकार ले  प्रस्तुत गर्नुकासाथै सांगितिक प्रस्तुतिहरु प्रस्तुत गर्नु भएको थियो ।

Categorized in साहित्य-कला