STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्युजिक भिडियो समाजद्वारा संगीतकार शम्भुजित बास्कोटालगायतका स्रष्टाहरु सम्मानित

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८० भाद्र ३, आइतबार

जनजातिखबरका संरक्षक विजयरत्न सम्मानित

नेपाल म्युजिक भिडियो निर्देशक समाजले समाजको दोश्रो वार्षिकोत्सवको अवसरमा संगीतकार शम्भुजीत बासकोटालाई ‘आलोक–सुरज स्मृति सम्मान’ बाट सम्मानित गरेको छ । नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकासमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई सम्मान गरेको कुरा कार्यक्रम संयाेजक बबिता श्रेष्ठ ले बताएकि छन्  ।

आइतबार जमलस्थित नाचघरमा संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्री सुदन किरातीको प्रमूख आतिथ्यतामा सम्पन्न सो सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समारोहमा बासकोटासहित विभिन्न गीति भिडियो निर्देशकलाई सम्मान गरिएको थियो ।   नेपाल म्युजिक भिडियो निर्देशक समाज कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा भएको थियो। सो कार्यक्रममा विशेष सम्मानबाट लोकगायक प्रेमराजा महत, गीति भिडियो सम्पादक प्रकाश तुलाधर, गीति भिडियो छायांकार धिरजजङ्ग शाह, गीति भिडियो निर्देशक शंकर बिसी र गीति म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठ , जनजातिखबरका संरक्षक विजयरत्न तुलाधरलाई  पनि सम्मानित गरिएको छ ।

सोही समारोहमा गीति भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधिसभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो । सम्मान समारोहमा विभिन्न स्रष्टाले नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।  अग्रज गायक आनन्द कार्कीसहित गायक गायिका यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले गीत प्रस्तुत गरे भने यस्तै, गायक अभिनेता दुर्गेश थापा, मोडल नृत्यांगना करिश्मा ढकाल, बालकलाकार जेविन/जेविश श्रेष्ठले पनि कार्यक्रममा विशेष प्रस्तुति दिएका थिए ।

Categorized in साहित्य-कला