STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यात्रुबाहक बस पल्टिंदा ४ को मृत्यु, ३२ घाइते

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १३, आइतबार

काठमाडौं - सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज आइतबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

बसमा सवार रहेका अन्य ३२ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जनाइएको छ । दफुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकोले दुर्घटना भएको हो ।

Categorized in अपराध-दुर्घटना