STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युनुसले लिए बंगलादेशको अन्तरिम सरकार प्रमुखको शपथ

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २४, बिहिबार

काठमाडौं - नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् । बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् ।

युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए । बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो ।

शपथ समारोहमा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, व्यापारी र पूर्वविपक्षी दलका सदस्यहरू उपस्थित । तर, शेख हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् ।

समारोहमा बेलायत, जापान, चीन, फिलिपिन्स, इरान, अर्जेन्टिना, कतार, नेदरल्यान्ड्स र युएईका कूटनीतिज्ञहरू सहभागी थिए ।

हसिना नेतृत्वको अवामी लिग सरकारको पतनपछि बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा युनुशले शपथ लिएका हुन् ।

उनी आझै दिउँसो  ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । जहाँ युनुसलाई प्रधानसेनापति जनरल वाकर–उज–जमानलगायतले स्वागत गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय