STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजश्व सङ्कलन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

पोखरा महानगरपालिका–१७ ले ११ महीनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजश्व सङ्कलन गरेको छ ।महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिशबाट रू एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट रू ५८ लाख ९० हजार प्राप्त भएको वडाध्यक्ष तीर्थ अधिकारीले यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधिले जिम्मेवारी लिएको दोस्रो वार्षिकोत्सवका अवसरमा वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँले एक वर्षमा दर्ता पत्र सङ्ख्या ४९१, चलानी भएका पत्र छ हजार ९३, व्यवसाय नयाँ दर्ता २३९ र २८ निवेदन नवीकरण गरिएको बताउनुभयो । वडाध्यक्ष अधिकारीले प्रदेश, महानगर र वडास्तरीयसहित विभिन्न १४ शीर्षकमा रू २३ करोड ८२ लाख चार हजार ७४० बरावरको विकास निर्माणका कार्य भइरहेको जानकारी दिनुभयो । नेकपा संयन्त्र सदस्य सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवीराज आचार्य, कार्यपालिका सदस्य राधिका योगी, वडाका सचिव सुभाष पौडेललगायतले वडाको विकास निर्माणका बारेमा चर्चा गर्नुभएको सो कार्यक्रममा सहभागी स्थानीयवासीले वडामा कर तिर्ने व्यवस्थासँगै ढल तथा खानेपानीको व्यवस्थापन, सडकलगायत विकास निर्माणमा गुणस्तरीयता एवम् पारदर्शिताको आवश्यकता औँल्याएका थिए ।
Categorized in राष्ट्रिय