STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भण्डारीले काेराेनाविरूद्धकाे खाेप लगाइन्

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ३, मंगलबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छिन् ।

सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् । अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट पारिन् । 

राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जादैछिन् ।

Categorized in राष्ट्रिय