राष्ट्रपति सीले अर्को साता बिआर सम्बोधन गर्नेआईमा
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार
चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ ।
चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ ।
मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी दिनुभयो ।
चिनियाँ राष्ट्रपति सीको महत्वाकाँक्षी बेल्ट एन्ड रोड ९बिआरआई० कार्यक्रमले पूर्वी एसियालाई युरोप र अफ्रिकासँग सडक र रेलमार्गले जोड्नेछ । साथै, यी देशबीचको आर्थिक विकासमा आपसी साझेदारीले ठूलो मद्दत पुग्ने बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय