STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रास्वपाका निवर्तमान मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २३, सोमबार

काठमाडौं - आईतबार राजीनामा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टीले सरकारबाट निस्किने निर्णय गरेसँगै प्रधानमन्त्रीलाई राजीनामा दिएका रास्वपाका ३ जनाले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । शनिबार रास्वपाले पूर्वसहमति अनुसार सभापति रवि लामिछानेलाई गृहमन्त्री नदिएको भन्दै सरकारबाट छाडेको हो ।

उसले सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लगेको छैन ।

नागरिकता विवादमा दोषी ठहरिएका रवि लामिछानेले पार्टीको सभापति, सांसद र उप्रधान तथा गृहमन्त्री पदबाट हट्नु परेको थियो ।

Categorized in राजनीति