STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रोग लुकाउँछन् महिला

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण उपचार नगराई घरैमा बस्न थालेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कैयाँैपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा समाजको लाजका कारण आउनुभएन ।” जिल्ला अस्पताल डोटीका अनुसार जिल्लामा करीब चार दर्जन पाठेघर खसेका महिला छन् । पाठेघर खसेका बारेमा श्रीमान्लाई भन्दा अर्को विवाह गर्लाकी भन्ने डरले श्रीमान्लाई पनि यो रोगका बारेमा खासै नभन्ने गरेको जोरायल गाउँपालिका– ६ निरौली स्थानीय भागरथी बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ आफ्ना श्रीमान्लाई भन्दा दोस्रो विवाह गर्ला भन्ने डरले नभन्ने गरेको बुझ्यौँ, श्रीमान्ले सहयोग गरे महिला उपचार गराउन आउने छन् ।” सन्तान पाएको हप्तादिनभित्रमै महिलाले गहुँङ्गो र कठिन कामकाज गर्ने तथा आराम नगर्ने परम्परा गाउँमा कायमै भएका कारण यहाँका महिलामा बढीजसो आङ खस्ने समस्या देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर ललित लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “नानीबाबु पाएका महिलाले धेरै आराम गर्नुपर्ने हो तर यहाँ त्यस्तो रहेनछ, भारी बोक्नेदेखि अन्य काम गर्दा रहेछन् त्यसैले यो समस्या आएको हो ।” डोटीलगायत समग्र सुदूरपश्चिमका महिलाले आफ्नो ज्यान नै जोखिममा राखेर पाठेघरको रोग लुकाउने गरेकाले पाठेघरको समस्याले विकराल रुप लिँदै गएको दिपायलका स्थानीय तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्यान नै खतरमा राखेर महिला रोग लुकाउन थालेका छन्, आफ्नो रोग लुकाए कसरी निको होला र रु” पाठेघरको सहज, सरल र निःशुल्क उपचार हुन्छ भन्ने जान्दा जान्दै पनि समाजको डरका कारण सुदूरपश्चिमेली महिला वर्षौंदेखि पाठेघरको रोग लुकाउन बाध्य भएको सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीका संस्थापक अध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “पाठेघरको शल्यक्रिया निःशुल्क हुन्छ, समाजको डरले किन आफ्नो ज्यान खेर फाल्ने, ज्यानभन्दा ठूलो केही छैन ।” पीडित महिलालाई शल्यक्रिया गराउन सके यो रोग हट्नसक्ने संस्थापक अध्यक्ष सिंहको दाबी छ ।
Categorized in राष्ट्रिय