लमजुङ भूकम्प : केही घर भत्किए, तीन जना घाइते
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार
बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पका कारण लमजुङमा केही घर भत्किएको र तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले जानकारी गराए ।
भुकम्प लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापान केन्द्र, लैनचौरले जनाएको छ ।
मिश्रका अनुसार लमजुङको बेशिसहर नगरपालिकामा एकजना घाइते भएका छन् ।
नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको उनले बताए ।
यस्तै, मर्स्याङ्दीमा पनि भूकम्पले क्षति पुगेको छ ।
भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको थियो । पुराना माटोले बनेका घरहरु भत्किएका छन् ।
कुनै घरको झ्याल फोडेर घर भित्र थुनिएकाहरुलाई सकुसल उद्धार गरेको स्थानीयले बताएका छन् ।
भुकम्पको धक्का काठमाडौं, पोखरा सहित देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
बिहान फेरि ८ः२७ मा भूकम्पको पराकम्पन महशुस गरिएको छ ।


