STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर महानगरपालिकाको बजेट सार्वजनिक हुनसकेन

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १०, बिहिबार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न सकेको छैन । बजेट पेश गर्नका लागि ११ बजे बोलाइएको बैठक अधिकांश नगर सदस्यले बहिस्कार गरेपछि हालसम्म बजेट पेश नसकेको हो । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार १० असारभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रममा छलफल नगरिएको भन्दै १९ जना वडा अध्यक्षले बैठक बहिस्कार गरेका छन् । 

ललितपुर महानगरले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल नचलाएको भन्दै १९ वडाअध्यक्षले सभा बहिस्कार गरेपछि महानगरका प्रमुख-उपप्रमुख अन्योलमा परेका छन् ।

Categorized in उपत्यका